१२० घरगोठ जलेर नष्ट, तीन जना जलेर घाईते

तत्काल राहात वितरण


१२० घरगोठ जलेर नष्ट, तीन जना जलेर घाईते

नेपालगन्ज २२ चैत : बाँकेको नरैनापुरमा भएको भिषण आगलागीमा एक सय २० घरगोठ जलेर नष्ट हुँदा तीन जना जलेर घाईते भएका छन् ।

नरैनापुर गाउँपालिका–४ खोदाबामा भएको आगलागीबाट एक सय २० घरगोठ जलेर नष्ट भएकोछ । बाँकेको नरैनापुरमा गत फागुनपछि यो पाचौं पटक आगलागी भएको हो । नरैनापुरमा भएको यो आगलागी पछिल्लो पटकको भिषण आगलागी हो ।

बाँके नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा शनिबार अन्दाजी ३ ः ३५ बजे आगलागी भएको हो । उक्त आगलागीमा परि १२० घरधुरी जलेका छन् ।

स्थानीय फकिरे पठानको खरले छाएको कच्ची घरमा अचानक आगलागी भई सो क्षेत्रका घरहरुमा आगो सल्किएको थियो । उक्त स्थानतर्फ प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङर सुरक्षा निकाय प्रमुख समेत प्रभाबित क्षेत्रमा गई उद्धार र प्रतिकार्यमा खटिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

आगालगी भएको खबर प्राप्त हुनसाथ नरैनापुर गाँउपालिकाको दमकल नेपालगन्ज उपमहानागरपालिकाबाट २ वटा दमकल र कोहलपुर नगरपालिकाबाट १ वटा दमकल गरि ४ वटा दमकल प्रयोग भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय समदाय, रेडक्रस लगाएको सकृयतामा आगो नियन्त्रणमा आएको हो ।

आगलागीमा घाइते भएका तीन जना महिलाको नेपालगन्जमा उपचार भइरहेको छ ।

खरले छाएका र एकआपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीले आगो नियन्त्रणमा लिन निकै मुश्किल परेको थियो ।

सांसद कृष्ण केसी नमूनासहित बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानासहितको सुरक्षा निकाय प्रमुख प्रभावित क्षेत्रमा उद्दार र प्रतिकार्यमा खटिएका थिए ।

आगलागीबाट घाइते

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, रेडक्रसलगायको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट नरैनापुर– ४ का ५५ वर्षका मिश्रीलाल पासी, उनकी पत्नी ५२ वर्षकी मायावाती पासी र ३५ वर्षकी गुणवाती पासी आगोले जलेर घाइते भएका थिए ।

राहत प्रदान

उक्त प्रभाबित स्थानमा जिल्ला बिपद् ब्यबस्थापन समिति बाँकेबाट ४० थान टेन्ट, चिउरा ८६० के.जि, २५० के.जि. भुजा, २४०० पोका चाउचाउ, १४०० पोकाबिस्कुट र ६० काटुन पानी पठाइएको छ । त्यसैगरि नरैनापुर गाउापालिकाकाको तर्फबाट चामल १० बोराल, दाल २५ केजि, चिउरा २५ केजि, दालमोट १० केजि, पानि १० काटुन समेत प्रदान गरिएकोछ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले प्रभावित स्थानमा विपद् व्यवस्थापन समिति बाँकेबाट ४० थान टेन्ट, चिउरा ८६० किलो, २५० किलो भुजा, २ हजार ४ सय पोका चाउचाउ, १ हजार ४०० पोका बिस्कुट, ६० काटुन पानी प्रदान गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी नरैनापुर गाउँपालिकाले चामल १० बोरा, दाल २५ किलो, चिउरा २५ किलो, दालमोट १० किलो, र पानी १० कार्टुन पठाएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले राहात सहयोगका लागि प्रदेश र संघीय सरकारसँग आग्रह गरेका छन् ।

नरैनापुर नेपालगन्जदेखि ४० किमि पूर्वमा पर्छ । यसअघि पनि नरैनापुरका विभिन्न गाउँमा पटक–पटक आगलागी भइसकेको छ ।

नरैनापुर गाउँपालिका –६, दोन्द्रागाउँमा गत मंगलबार आगलागी हुँदा घर जलेर नष्ट भएका थिए । यसअघि फागुन २४ गते पनि नरैनापुर गाउँपालिका १ को सुइया गाउँमा भएको आगलागीमा २२ घर गोठ जलेर नष्ट भएका थिए ।

बाँकेको राप्तीपारीमा हरेक वर्षजसो आगलागीका घटना हुने गरेका छन् । विभिन्न निकायसँगको समन्वयमा आगलागीबाट क्षति भएकालाई हिजो रातिको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले राहतका थप प्याकेज ल्याइदै छ ।