शिक्षक सवार बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, ७ जना घाइते


शिक्षक सवार बोलेरो जिप दुर्घटना : २ जनाको मृत्यु, ७ जना घाइते

नेपालगन्ज २२ चैत :शिक्षक सवार गोरखामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे लमजुङको दूधपोखरी गाउँपालिकास्थित वागेश्वरी माविका बिचौरका शिक्षकहरु सवार बोलेरो जिप गोरखाको बारपाक सुलिकोट गाउँपालिका २ मा दुर्घटना हुँदा रामेश्वर न्यौपाने र ठाकुर दवाडीको मृत्यु भएको हो ।

जिपमा सवार ९ जनामध्ये ७ जना घाईते भएको र गम्भीर घाइते २ जनालाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

बोलेर चालकसहित २ जना सामान्य घाइते भएको उनले बताए । दुर्घटनामा घाइते हुनेहरुमा अनिल मरहठ्ठा, विष्णु दवाडी, अमृत दवाडी, सुशिल नराल, विष्णु न्यौपाने, चालक सन्तोष तामाङ र सहचालक अमृत दवाडी रहेका छन् ।