‘नो ड्रग्स’ अभियानको दोस्रो साता १५ जना पक्राउ


‘नो ड्रग्स’ अभियानको दोस्रो साता १५ जना पक्राउ

नेपालगन्ज २२ चैत : बर्दिया प्रहरीले ‘नो ड्रग्स’ अभियान सुरू गरेको दोस्रो साता १४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये एक जनालाई सुधार केन्द्र पठाइएको र दुई जनालाई कानूनी कारबाही थालिएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार अन्य ११ जनालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाइएको छ ।

लागुऔषध दुव्र्यसनी न्यूनीकरणका लागि बर्दिया प्रहरीले दुई सातायता अभियान चलाइरहेको छ । त्यसमा विद्यालय र सार्वजनिक स्थानहरूलाई प्राथमिकतामा राखिएको छ । हालसम्म १५ वटा प्रर्बद्धनात्मक जनचेतनामूलक कार्यक्रम गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

अभियान अन्र्तगत दोस्रो साता सम्म २५ सय बढी सर्वसाधारणहरू लाभान्वित भएको र यस प्रकारका गतिविधिहरूलाई विभिन्न निकायहरूसँग समन्वय गरी जारी राखिएको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

कलिलो उमेरमै लागुऔषध प्रयोगमा संलग्न भएको पाइएकाले उनीहरूको भविष्यको लागि यस्तो अभियान चलाइएको कार्कीको भनाइ छ । त्यसका लागि प्रहरी निरीक्षकको नेतृत्वमा हरेक स्कुल, वडा र समाजमा गएर बालबालिका तथा वयश्कहरूमा सचेतना जगाउने काम भइरहेको छ ।

‘दैनिकजसो हामी १० वटा ठाउँमा गएर पढाउने र सचेतना फैलाउने काम गरिरहेका छौं,’ प्रहरी उपरीक्षक कार्कीले भने ।