वनमा लागेको आगो वस्तीमा सल्केपछि नौ घर जलेर नष्ट


वनमा लागेको आगो वस्तीमा सल्केपछि नौ घर जलेर नष्ट

नेपालगन्ज २७ चैत : सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् ।

बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा आगलागी भएको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो । बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका वडा अध्यक्ष कार्कीको भनाइ छ । सिस्नेरी गाउँमा १८ भन्दा धेरै घरधुरी रहेका छन् ।

अहिले आफूसहितको टोली तत्काल आवश्यक पर्ने राहत सामग्री लिएर घटनास्थल जान लागेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

पछिल्लो समय देशका विभिन्न स्थानमा आगलागीका घटना बढेका छन् । फाल्गुनको मध्यदेखि देशभर आगलागीका घटना बढ्काछन् । विशेष गरि गर्मी महिनाको सुरुवातका समयमा हावाहुरी चल्ने, सुख्खा मौसम हुने हुँदा यस्तो अवस्थामा आगलागीका घटना बढी हुने गर्दछ ।