नेपालगन्ज २७ चैत : सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा नौ घर जलेर नष्ट भएका छन् ।
बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा आगलागी भएको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो । बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका वडा अध्यक्ष कार्कीको भनाइ छ । सिस्नेरी गाउँमा १८ भन्दा धेरै घरधुरी रहेका छन् ।
अहिले आफूसहितको टोली तत्काल आवश्यक पर्ने राहत सामग्री लिएर घटनास्थल जान लागेको गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बताए ।
पछिल्लो समय देशका विभिन्न स्थानमा आगलागीका घटना बढेका छन् । फाल्गुनको मध्यदेखि देशभर आगलागीका घटना बढ्काछन् । विशेष गरि गर्मी महिनाको सुरुवातका समयमा हावाहुरी चल्ने, सुख्खा मौसम हुने हुँदा यस्तो अवस्थामा आगलागीका घटना बढी हुने गर्दछ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ