ट्रकको ठक्करबाट पत्रकार पौडेलको मृत्यु


ट्रकको ठक्करबाट पत्रकार पौडेलको मृत्यु

नेपालगन्ज १ वैशाख : ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका अन्दाजी ५० वर्षीय पत्रकार नन्दराम पौडेलको मृत्यु भएको हो ।

मंगलबार राति पत्रिकाको काम सकेर लु५९ प ६४४१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका उनलाई बाणगंगा नगरपालिका–८ चप्परगाउँमा पश्चिम दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

पौडेल स्थानीय बुद्ध दर्पण दैनिक र बुद्ध आवाज साप्ताहिकमा कार्यररत थिए । उनी इन्सेकका जिल्ला प्रतिनिधि पनि हुन् । पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा उनी प्रदेश कोषाध्यक्षका उम्मेदवार थिए ।

ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ । पौडेलको मृत्यु भएपछि बाणगंगा– ८ चप्परगाउँमा स्थानीयले सडक अवरुद्ध गरेका छन् ।