हात्तीको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु


हात्तीको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु

सप्तरी ३ वैशाख : हात्तीको आक्रमणबाट सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक किसानको आज मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी–१ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीयवासी गङ्गाप्रसाद साहले जानकारी दिए ।

हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी पाएपछि अहिले घटनास्थलमा आरक्षका रेन्जर जयराम न्यौपाने तथा इलाका प्रहरी कार्यालय कञ्चनरुपको टोली पुगेको वार्डेन अशोक रामले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने तयारी भइरहेको उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

कोशी नदी पश्चिम किनार गोलघर नजिक खेतमा काटेर राखिएको गहुँको रखवारी गर्न गएका प्रमाणीको हात्तीले कुल्चेर मृत्यु भएको स्थानीयवासीले बताए । -रासस