कोहलपुर दुर्घटनाः ५ जनाको मृत्यु, ७ जनाको अवस्था चिन्ताजनक

घाईतेको कोहलपुरमा उपचार हुदैँ


कोहलपुर दुर्घटनाः ५ जनाको मृत्यु, ७ जनाको अवस्था चिन्ताजनक

नेपालगन्ज ३ वैशाख : बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ भने ७ जनाको अवस्था गम्भीर रहेकोछ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाको सीमाना नजिक शुक्रबार बेलुका ६ बजे दुर्घटना भएको थियो ।

अनटेस्ट टिप्पर र बस एकआपसमा ठोक्किदाँ घटनास्थलमा एकजनाको मृत्यु भएको थियो भने ४१ जना घाइते भएका थिए ।

बाँकेका ट्राफिक प्रहरी प्रमुख भण्डारीका अनुसार कोहलपुर भ्यू टावरभन्दा दुई किलोमिटर पूर्व कोहलपुर र राप्तीसोनारी गाउँपालिकाको सीमाना नजिक यात्रुबहाक बस र बालुवा लोड गरेको टिप्पर ठोक्किएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

तीव्र गतीमा रहेका दुवै सवारीसाधन एकआपसमा ठोक्किएपछि उछिट्टिएर सडक छेउ पुगेका थियो ।

बाँकेका ट्राफिक प्रहरी प्रमुख भण्डारीले भने–‘घटना भए लगत्तै नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र अन्य सवारीका यात्रुको सहयोगमा उद्दार गरि घाईतेको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोछ ।’

उनले भने–‘प्रारम्भिक रिर्पोट अनुसार बसका मालिक छत्रबहादुर कटुवालसहित एक महिला गरि ५ जनाको मृत्यु भएकोछ । दुर्घटनामा घाईते भएका थप ७ जनाको अवस्था चिन्ताजनकछ । भने ३० जना घाईतेको उपचार भइरहेकोछ ।’

सुर्खेतबाट काँकडभित्ता जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आएको अनटेस्ट (ना अअ प ४१) नम्बरको मालबाहक टिप्पर ठोक्किएका हुन् । उक्त दुर्घटनामा बस र टिप्पर क्षतविक्षत भएकोछ ।