विद्यालयमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण
डुडुवा (बाँके) ५ बैशाख : कोरोना महामारीको संक्रमणको दर तिब्र रुपमा बढेपछि स्थानीय तहहरुले पनि जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थालेका छन् ।
शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टी भएपछि डुडुवा गाउँपालिकाले उच्च सर्तकर्ता अपनाएको छ ।
गाउँपालिकाले बढी संक्रमण देखिएको डलैपुर मावि र आधारभुत विद्यालय अम्रहवा बन्द गरेको छ । भने अन्य विद्यालयहरुमा स्वस्थ्य सुरक्षा अपनाएर सञ्चालन गरिएको छ ।
गाउँपालिका अन्र्तगतका सम्पूर्ण विद्यालयहरुमा आज आईतबारदेखि स्वस्थ्य सुरक्षा सामाग्री वितरण गर्न शुरु गरिएको छ ।
विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई मास्क, हात धुने साबुन र डिर्टजेन्ट पाउडर, ज्वरो नाप्ने थर्मलगन, सेनेटरी प्याड लगायतका सामाग्री वितरण गर्न थालिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार अहिले विद्यार्थी र शिक्षकलाई कोरोना संक्रमणको जोखिमबाट बचाउन स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराई सावधानी अपनाइएको छ ।
डुडुवामा १६ वटा सामुदायिक विद्यालय, १४ वटा मदरसा, ७२ वटा बालविकास केन्द्र र १ वटा गुरुकुल रहेको शिक्षा शाखाले जनाएको छ ।
ती सबै विद्यालयहरुमा जोखिम न्युनीकरण गर्नका लागि स्वास्थ्य सामाग्री वितरण गरिनेछ । गाउँपालिकाले कोरोना संक्रमणको जोखिम न्यूनीकरण र संक्रमित विरामीको उपचारका लागि कोभिड वार्डको व्यवस्थापन गरिरहेको छ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्