कञ्चनपुर ७ बैशाख : सुदूरपश्चिमको महाकाली नदीमा हाम फालेकी नेपाली महिलाको भारतीय प्रहरीद्वारा उद्धार गरेकोछ ।
महाकाली पुलबाट आईतबार ४ः३० बजे हाम फालेकी नेपाली महिलाको भारतीय क्षेत्रतर्फको चौकीका जल कन्सटेबल प्रताप गढियाले ती महिलाको उद्धार गरेका हुन् ।
नदीको गहिराइ अधिक भए पनि ती प्रहरी कन्सटेबल गढीयाले आत्महत्याको प्रयास गरेकी महिलाको सकुशल उद्धार गरेको बताएका छन् ।
कञ्चनपुरको दोधारा चाँदनी वडा नम्बर–६ निवासी सरस्वती नाम बताउने ती महिलाले घरेलु समस्याका कारण आत्महत्याको प्रयास गरेको भारतीय प्रहरीले जानकारी दिएको छ ।
ती महिलालाई उद्धार गरिएको बारे नेपाल प्रहरीलाई पनि जानकारी गराएर उनका भाइ सागरको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका ईन्चार्ज जीवन गुरूङले जानकारी दिएका छन् ।
कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापाले ती महिलाको अवस्था सामान्य रहेको र उनलाई परिवारका सदस्यको जिम्मा लगाइएको पुष्टि गरेका छन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं