नेपालगन्ज १० वैशाख : बाँकेको राप्तीसोनारी गाउँपालिकाका थप १७ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएकोछ । यसअघि गाउँपालिका अध्यक्ष लाहुराम थारु कोरोना संक्रमित भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकाछन् ।
राप्ती सोनारी गाउँपालिकाका प्रेस सल्लाहकार अर्जुन ओलीका अनुसार कोरोना संक्रमणको आशंकामा गाउँपालिकाका १७ जना कर्मचारीले नमुना परीक्षण गराएका थिए । शुक्रबार आएको स्वाब परीक्षणको रिर्पोटमा ती सबै १७ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
सेतोखरीसंग कुरा गर्दै गाउँपालिकाका प्रेस सल्लाहकार ओलीले भने गाउँपालिकामा कार्यरत १७ जना कर्मचारीको कोरोना परीक्षण गर्दा आज १७ आर्थत परीक्षण गराएका सबै कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
उनका अनुसार यसरी कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, निवर्तमान प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिक, लेखा अधिकृत गौरवकुमार लामिछाने, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, लेखापाल कृष्ण रोकाय लगायत १७ जना संक्रमित भएकाछन् ।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमण तिव्ररुपमा फैलिएकोछ । यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि अवस्था सामान्य नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएकोछ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू