विश्व औलो दिवसः बाँकेमा औलोको विरामी ५६ जना


विश्व औलो दिवसः बाँकेमा औलोको विरामी ५६ जना

नेपालगन्ज १२ वैशाख : आगामी सन् २०२५ भित्रमा नेपालबाट औलो निवारण गर्ने सरकारको लक्ष्य छ । कोभिड–१९ को संक्रमण बढिरहँदा औलो रोगको जोखिममा रहेका समूह झनै प्रभावित हुने भएकाले लक्ष्य प्राप्तिका लागि तीनै तहका सरकार तथा निजी क्षेत्रलाई समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ ।

नेपालमा सन् २०१७ यता औलो रोगबाट मृत्यु शून्य भएको र रोगीको संख्या दुई हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा जारी एक तथ्यांकमा औलो विरामीको संख्या देशमै सबैभन्दा बढि सुदूरपश्चि र लुम्बिनी प्रदेशमा रहेको पाइएकोछ ।

महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा सुदूरपश्चिम प्रदेशमामा ३२० विरामी रहेकाछन् । भने यही अवधिमा लुम्बिनी प्रदेशमा १४१ जना रहेको उक्त तथ्यांकमा उल्लेखछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै सबैभन्दा कम प्रदेश १ मा जम्मा १५ जना औलोको विरामी रहेकछन् । प्रदेश २ मा ३२ जना, बागमती प्रदेशमा ३७ जना, गण्डकी प्रदेशमा २३ जना र कर्णाली प्रदेशमा ५१ जना विरामी रहेकाछन् ।

महासाखाको तथ्यांकलाई नियाल्दा लुम्बिनी प्रदेशमा सबैभन्दा बढि औलोको विरामी बाँकेमा रहेकाछन् । यहाँ कुल ५६ जना विरामी रहेकाछन् । भने सबैभन्दा कम पाल्पामा जम्मा २ जना मात्र रहेकाछन् ।

लुम्बिनी प्रदेशका रुपन्देहीमा १५ जना, अर्घाखाँचीमा ८ जना,प्युठानमा ११ जना,बर्दियामा १० जना, दाङमा १४ जना, कपिलवस्तुमा २२ जना र नवलपरासी (पश्चिम)मा ३ जना औलोको विरामी रहेकाछन् ।

‘शून्य औलोको लक्ष्यमा पुग्दै छौँ’ भन्ने नाराका साथ आज विश्वभर औलो दिवस मनाइँदै छ ।