जन्ती सवार जिप दुर्घटना : बेहुला–बेहुलीसहित १२ जना घाइते


जन्ती सवार जिप दुर्घटना : बेहुला–बेहुलीसहित १२ जना घाइते

File Photo

नेपालगन्ज १३ वैशाख : जन्ति सवार जिप दुर्घटना हुदाँ बेहुला–बेहुलीसहित १२ जना घाईते भएकाछन् । घाइतेहरुमध्ये दुईजनाको अवस्था गम्भीर रहेकोछ ।

बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा उक्त जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका हुन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप सोमबार विहान ५ः५० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा १० जना सामान्य र दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् इन्सपेक्टर किशोर ऐरीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनका अनुसार दुर्घटनामा बेहुला–बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । घाइते सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय पाटनबाट १० किलोमिटर टाढा पर्दछ ।