नेपालगन्ज १३ वैशाख : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बाँके जिल्लामा कोरोना भाइरस संक्रमणले ज्यान गुमाउनेको संख्या ९० पुगेकोछ ।
डिसिसिएमसीका अनुसार सोमबार थप दुइ संक्रमितको मृत्यु भएसंगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८९ पुगेको हो ।
डिसिसिएमसी बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार सोमबार दिउँसो बाँकेका दुई जनाको मृत्यु भएको हो । जसमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का एक महिला र खजुरा गाउँपालिका २ का एक पुरुषको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५५ वर्षीया महिला सोमबार ३ः ३५ बजे उपचारका क्रममा मृत्यु भएको हो । वैशाख १२ गते नेपालगन्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा भर्ना भएकी ती महिला हिजो पीसिआर रिर्पोट पोजेटिभ आएको थियो ।
यस्तै बाँकेको खजुराका ८८ वर्ष पुरुष(बृद्ध) को सोमबार बेलुका ५ बजे उपचारका क्रममा निधन भएको हो । वैशाख ४ गते नपालगन्ज मेडिकल कलेजमा भर्ना भएका ती पुरुषको ५ गते पीसिआर पोजेटिभ आएको थियो । हिजो आईतबार मृतकका आफन्तले घर लगि होम आइसोलेसनमा राखेका अवस्थामा उनको मृत्यु भएको हो ।
यसैबीच नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोलहपुर नगरपालिका वडा नम्बर २ की ५० वर्षीया महिलाको मृत्यु भएकोछ । वैशाख १२ गते कोरोना पोजेटिभ भई नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ती महिलाका सोमबार ५ बजे मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्म बाँकेका मात्रै कोरोना भाइरस संक्रमित ९० जनाको ज्यान गइसकेकोछ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू