कोरोनाले बाँकेका ९० जनाको ज्यान लियो


कोरोनाले बाँकेका ९० जनाको ज्यान लियो

नेपालगन्ज १३ वैशाख : जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार बाँके जिल्लामा कोरोना भाइरस संक्रमणले ज्यान गुमाउनेको संख्या ९० पुगेकोछ ।

डिसिसिएमसीका अनुसार सोमबार थप दुइ संक्रमितको मृत्यु भएसंगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८९ पुगेको हो ।

डिसिसिएमसी बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार सोमबार दिउँसो बाँकेका दुई जनाको मृत्यु भएको हो । जसमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का एक महिला र खजुरा गाउँपालिका २ का एक पुरुषको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५५ वर्षीया महिला सोमबार ३ः ३५ बजे उपचारका क्रममा मृत्यु भएको हो । वैशाख १२ गते नेपालगन्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा भर्ना भएकी ती महिला हिजो पीसिआर रिर्पोट पोजेटिभ आएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै बाँकेको खजुराका ८८ वर्ष पुरुष(बृद्ध) को सोमबार बेलुका ५ बजे उपचारका क्रममा निधन भएको हो । वैशाख ४ गते नपालगन्ज मेडिकल कलेजमा भर्ना भएका ती पुरुषको ५ गते पीसिआर पोजेटिभ आएको थियो । हिजो आईतबार मृतकका आफन्तले घर लगि होम आइसोलेसनमा राखेका अवस्थामा उनको मृत्यु भएको हो ।

यसैबीच नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोलहपुर नगरपालिका वडा नम्बर २ की ५० वर्षीया महिलाको मृत्यु भएकोछ । वैशाख १२ गते कोरोना पोजेटिभ भई नेपालगन्ज मेडिकल कलेजमा उपचाररत ती महिलाका सोमबार ५ बजे मृत्यु भएको हो । यो समाचार तयार पार्दासम्म बाँकेका मात्रै कोरोना भाइरस संक्रमित ९० जनाको ज्यान गइसकेकोछ ।