नेपालगन्ज १६ वैशाख : बाँकेमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज र कैलालीका एक÷एक जनाको मृत्यु भएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ का ३३ वर्षिय पुरुष र भेरी अस्पताल नेपालगन्जमा उपचाररत टिकापुर नगरपालिका वडा नम्बर–११ कैलालीकी ५१ वर्षिया महिलाको मृत्यु भएको हो ।
नेपालगन्ज–८ का ३३ वर्षिय पुरुषले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा वैशाख १३ गते पीसिआर जाँच गराएका थिए । कोरोना रिर्पोट पोजेटिभ आएपछि उनी वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भई उपचारका क्रममा बिहीबार विहान १०ः३० बजे मृत्यु भयो ।
यस्तै टिकापुरकी ५१ वर्षिया महिला वैशाख १४ गते पीसिआर जाँच गराउँदा उनमा कोरोना पोजेटिभ पाइएको थियो । स्वास्थ्य अवस्था विग्रदै गएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइपु¥याए लगत्तै उनको आज विहीबार विहान १० बजे मृत्यु भएको हो ।
योसंगै बाँके जिल्लाको कुल मृत्युु संख्या १०८ र बाहिरी जिल्लाको मृत्यु संख्या १११ जना पुगेको छ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ