नेपालगन्ज र कैलालीका थप एक/एक जनाको मृत्यु


नेपालगन्ज र कैलालीका थप एक/एक जनाको मृत्यु

नेपालगन्ज १६ वैशाख : बाँकेमा उपचाररत थप दुई संक्रमितको मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगन्ज र कैलालीका एक÷एक जनाको मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ का ३३ वर्षिय पुरुष र भेरी अस्पताल नेपालगन्जमा उपचाररत टिकापुर नगरपालिका वडा नम्बर–११ कैलालीकी ५१ वर्षिया महिलाको मृत्यु भएको हो ।

नेपालगन्ज–८ का ३३ वर्षिय पुरुषले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा वैशाख १३ गते पीसिआर जाँच गराएका थिए । कोरोना रिर्पोट पोजेटिभ आएपछि उनी वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भई उपचारका क्रममा बिहीबार विहान १०ः३० बजे मृत्यु भयो ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै टिकापुरकी ५१ वर्षिया महिला वैशाख १४ गते पीसिआर जाँच गराउँदा उनमा कोरोना पोजेटिभ पाइएको थियो । स्वास्थ्य अवस्था विग्रदै गएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याइपु¥याए लगत्तै उनको आज विहीबार विहान १० बजे मृत्यु भएको हो ।

योसंगै बाँके जिल्लाको कुल मृत्युु संख्या १०८ र बाहिरी जिल्लाको मृत्यु संख्या १११ जना पुगेको छ ।