कोरोना संक्रमित बाँके र कैलालीका थप ४ जनाको मृत्यु


कोरोना संक्रमित बाँके र कैलालीका थप ४ जनाको मृत्यु

नेपालगन्ज २१ वैशाख : कोरोना संक्रमित बाँके र कैलालीका २/२ जना संक्रमितको मृत्यु भएकोछ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके र कैलालीका गरि थप ४ कोरोना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका – १० का ७० वर्षिय पुरुषको गएराती ११ः४० बजे अस्पतालमा मृत्यु भएको छ ।

उनको १७ गते पीसिआर जाँच गरिएको र १८ गते अस्पताल भर्ना गरिएको थियो । त्यसैगरी, बर्दगोरिया ६, कैलालीका ८० वर्षिय पुरुषको पनि गएराती ११ः५० मृत्यु भएको हो । उनलाई १४ गते पीसिआर जाँच गरी पोजेटिभ आए पश्चात् १५ गते अस्पताल भर्ना गरी उपचार थालिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

ओलीका अनुसार, धनगढी १८, कैलालीका ५५ वर्षिय पुरुषको आज विहान ४ः३० बजे मृत्यु भएको छ । उनलाई १९ गते पीसिआर जाँच गरिएको र २० गते अस्पताल भर्ना गरिएको थियो । त्यसैगरी, बैजनाथ गाउँपालिका वडा नम्बर– ५ बाँकेकी ६२ वर्षिया महिलाको पनि आज बिहान ६ः३० बजे मृत्यु भएको छ । उनको पनि १९ गते पीसिआर जाँच गरीएको थियो पोजेटिभ आए पछि २० गते अस्पताल भर्ना गरी उपचार थालिएको थियो ।

यो समाचार तयार पार्दासम्म बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४३ पुगेको छ भने बाँकेमा उपचाररत बाहिरी जिल्लाका १२५ जनाको मृत्यु भएकोछ । कुल बाँकेमा २६८ जनाको मृत्यु भइसकेकोछ ।