शव बोकेको जीप दुर्घटना हुदाँ चार जनाको मृत्यु


शव बोकेको जीप दुर्घटना हुदाँ चार जनाको मृत्यु

File Photo

नेपालगन्ज २१ वैशाख : चट्याङ् लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेर जाँदै गरेको जिप दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएकोछ ।

बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ६ जना घाईते भएका छन् ।

पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको चट्याङ लागेर मृत्यु भएको थियो । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने क्रममा से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय हिक्मत भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, ४० वर्षीय दीपक भण्डारी र ५० वर्षीय जितसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकोछ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । जीप सडकबाट करिब पाँच सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।