नेपालगन्ज २२ वैशाख : नेपालगन्ज उप–महानगरपालिकाले होम आईसोलेसनमा बसेका कोभिड–१९ संक्रमितहरुलाई घर–घरमा पुगेर मेडिसिन किट र हाईजिन किट उपलब्ध गराउने भएको छ ।
नगर प्रमुख डाक्टर धवल शम्शेर राणाको अध्यक्षतामा मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन अनूगमन समितिको बैठकले नगर क्षेत्रभित्र होम आईसोलेसनमा बसेका सबैलाई मेडिसिन र हाईजिन किट उपलब्ध गराउने निर्णय गरेको हो ।
स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरुको टोली घरमै पुगेर हरेक संक्रमितलाई किट उपलब्ध गराउने नगर उप–प्रमुख उमा थापा मगरले जानकारी दिइन । पीसिआर परीक्षणको तथ्यांक अनुसार नेपालगन्जमा हाल दुई हजार ४ सय बढि होम आईसोलेसनमा बसेका छन् ।
बैठकमा होम आईसोलेसन बसेकाहरुलाई नियमित परामर्श दिने र उनीहरुको समस्यामा कसरी केन्द्रीत हुन सकिन्छ भनेर छलफल भएको थियो ।
बैठकमा वडा स्तरीय फोकलपर्सनहरुले रिपोर्टिङ गरेका थिए । स्वास्थ्यकर्मीहरुको समस्या समितिले तत्काल समाधानका लागि पहल गर्ने निर्णय गरेको स्वास्थ्यशाखा प्रमुख रामवहादुर चन्दले बताए ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू