कोरोनाले बाँकेका १८० जनाको ज्यान लियो


कोरोनाले बाँकेका १८० जनाको ज्यान लियो

नेपालगन्ज २६ वैशाख : समुदायमा फैलएको कोरोनाले यतिबेला बाँकेमा उग्ररुप लिइरहेकोछ । दिनहुँ संक्रमितको ग्राफ उकालो लागिरहेको छ, भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उत्तिकै बढ्दै गएकोछ ।

भारतमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा फैलिएसंग संक्रमण दर उच्च छ भने अस्वभाविकरुपमा यसबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएकोछ । यसरी ज्यान गुमाउनेहरु विशेषगरि युवा उमेर समुहका रहेकाछन् ।

समुदायमै फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख ९ गतेदेखि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) बाँकेले पहिलो चरणमा नेपालगन्ज उपमहानगरपालिका र दोस्रो चरणमा बाँके जिल्लाभर निषेधाज्ञा जारी गर्यो । अवस्था नियन्त्रणमा आउनुका साटो झन फैलिदैँ गएपछि डिसिसिएमसीले पछिल्लोपटक पुनः बाँके जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरेकोछ ।

डिसिसिएमसीले निषेधाज्ञा जारी गरेपनि जिल्लामा कोरोना संक्रमितको संख्या र यसबाट मृत्यु हुनेको संख्यामा नियन्त्रण आउन सकेको छैन । जिल्लामा सरकारीतर्फ भेरी अस्पताल नेपालगन्ज र निजितर्फ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड–१९ वार्ड कोरोना संक्रमितले भरिभराउ छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

अझ संक्रमितलाई चाहिने अक्सिजन र बेड अभावले यी दुई अस्पताल भन्दा होम आइसोलेसनमा बस्नेको संख्या दोब्बर/तेब्बरले बढिछ ।

डिसिसिएमसी बाँकेका अनुसार वैशाख १ गतेदेखि आज (२६ गते) सम्म बाँके जिल्ला ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेकोछ । हाल बाँके जिल्लाका मात्र १८० जना संक्रमितले ज्यान गुमाइसकेकाछन् । यो संख्या गत वर्षदेखि हालसम्म बाँके जिल्लाका ज्यान गुमाउने संक्रमित ब्यक्तिको संख्या हो ।

यसैबीच डिसिसिएमसीका अनुसार शनिबारदेखि आईतबार बिहानसम्म बाँकेका अस्पतालमा उपचाररत थप आठ संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको डिसिसिएमसी बाँकेका फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार बर्दियाको बढैयाताल गाउँपालिका–१ निवासी ३० वर्षीया महिला, बढैयाताल–२ निवासी ६५ वर्षीया महिला, दाङको दङ्गीशरण गाउँपालिका–५ निवासी ८५ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, कैलालीको, लम्कीचुहा नगरपालिका–१ निवासी ४३ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको फोकल पर्शन ओलीले जानकारी दिए ।

योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेका १८० र जिल्ला बाहिरका १३६ जना गरि कुल ३१६ जनाको ज्यान गइसकेकोछ ।