सर्लाही ३१ वैशाख : सर्लाहीको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् ।
वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो ।
त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।
बरथवा नगरपालिका–३ अन्तर्गतको भित्री सडकखण्डमा वडाध्यक्ष यादवले चलाएको बिआर३०एस ९२४५ नंको भारतीय मोटरसाइकलले स्थानीय अन्दाजी चार वर्षीय आदित्य महतोलाई ठक्कर दिएको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भाटले बताए ।
पक्राउ परेका वडाध्यक्ष यादवलाई जिल्ला अदालत सर्लाहीबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । -रासस
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए