कोरोना रोकथामका लागि चिकित्सकसँग छलफल, आपतकालिन प्रयोगका लागि अक्सिजन लिक्विड ट्यांक राखिदैं


कोरोना रोकथामका लागि चिकित्सकसँग छलफल, आपतकालिन प्रयोगका लागि अक्सिजन लिक्विड ट्यांक राखिदैं

नेपालगन्ज ३१ वैशाख : कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा नेपालगन्ज उप–महानगरपालिकाले चिकित्सकहरुसँग परामर्श गरेको छ ।

नगर प्रमुख डाक्टर धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, प्रबक्ता प्रमोद रिजाल, स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोभिड रोकथाम र नियन्त्रणका लागि तत्काल गर्नुपर्ने तयारीका विषयमा यहाँका बरिष्ठ चिकित्सकहरुसँग परामर्श गरेका हुन् ।

छलफलका आधारमा नेपालगन्ज उपमहानगरपालिकाले २३ वटै वडामा चिकित्सकहरुको सहयोग लिने भएकोछ । वडाका स्वास्थ्य फोकल पर्सनहरुले वडाभित्रको विरामीको अवस्थाका बारेमा चिकित्सकसँग परामर्श गर्नेछन् ।

रामलिला मैदानस्थित आईसोलेसन सेन्टरमा अक्सिजनसँगै अन्य उपचार पनि प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

छलफलमा सहभागी चिकित्सकहरुले वडाभित्रका स्वास्थ्य संस्थाहरुलाई थप प्रभावकारी बनाउन सुझाव दिएकाछन् । त्यसका लागि शनिबार वडाका स्वास्थ्यकर्मी र चिकित्सकबीच समन्वयात्मक छलफल हुनेछ ।

चिकित्सकहरुले संक्रमितहरुको स्वास्थ्यमा समस्या भएमा छिटो भन्दा छिटो उपचारमा जानुपर्ने बताएकाछन् । १४ दिनपछि पुनः पीसिआर नगर्न र एन्टिजिनपछि पनि पुनः पीसिआर परीक्षण आवश्यक नभएको उनीहरुले सुझाए ।

छलफलमा भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापा, पुर्ब प्रमुख डाक्टर श्यामसुन्दर यादव, डाक्टर राजन पाण्डे, डाक्टर रोमा बोहरा, डाक्टर पारश श्रेष्ठ, डाक्टर राहुल थापा लगायतको सहभागिता रहेको थियो ।

नेपालगन्जका अस्पतालहरुमा अक्सिजनको अभाव हुन नदिनका लागि गर्नुपर्ने तयारीका विषयमा पनि छलफल केन्द्रीत भएको थियो ।

अस्पतालका लागि कम्तिमा एउटा अक्सिजन लिक्विड ट्यांक आपतकालिन समयमा प्रयोग गर्नका लागि सिल गरेर राख्ने र त्यसका लागि जिल्ला प्रशासनमा अनुरोध गर्ने सहमति भएको छ ।