माटोको ढिस्कोले पुरिएर आमा–छोराको मृत्यु


माटोको ढिस्कोले पुरिएर आमा–छोराको मृत्यु

बलेवा(बागलुङ) ३१ वैशाख : बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । घटना दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने एकैघरका आमा–छोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ ।

प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए । शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उनका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् । -रासस