File Photo
चितवन १ जेठ : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा जन्मिएको एउटा छावाको नाम निकुञ्ज सुरक्षार्थ खटिएका अवस्थामा तस्करहरूद्वारा मारिएका कर्मचारीका नामबाट राखिएको छ ।
एघार दिनअघि नारायणी कलिले जन्माएको भाले छावाको नाम शुक्रबार ‘शेषचन्द्र गज’ राखिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार २०७१ साल असोज ९ गते कामकै सिलसिलामा हिँडेका निकुञ्जका कर्मचारी शेषचन्द्र चौधरीलाई तस्करले गोली हानी हत्या गरेका थिए ।
ठोरीको दिवानगर पोष्टमा कार्यरत रहँदा बगइको जङ्गलमा उनलाई गोली हानिएको थियो ।
निकुञ्जले संरक्षण सहिद घोषणा गर्नुपर्ने माग गरिरहेका चौधरीका सम्झनामा छावाको नाम राखिएको बरालले जानकारी दिए ।
चौधरीका स्मृतिमा माडी ठोरी हुलाकी सडकको निकुञ्ज क्षेत्रमा पार्टी र चौतारी बनाइने योजना रहेको बरालले जानकारी दिए । -रासस
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं