नेपालगन्ज ४ जेठ : कोरोना भाइरस महामारिकाबीच बाराको सदरमुकाम कलैयामा दुईजना बालकको विभत्स हत्या गरिएको छ ।
कलैया उपमहानगरपालिका–७ रंगपुरमा निर्माणाधीन मदरसामा दुई बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।
निर्माणाधीन मदरसामा स्थानीय गफार मियाँका ९ वर्षीय छोरा उसमान अन्सारी र ७ वर्षीय छोरा अमिन अन्सारीको शव फेला परेको हो । उस्मान र अहमान सहोदर दाइ–भाइ हुन् ।
धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा उसमान र अमिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकोछ ।
सोमबार साँझ ८ बजेदेखि घरबाट खेल्न गएका उनीहरु घर फर्केका थिएनन् । हराइरहेका उस्मान र अहमान मंगलबार बिहान निर्माणाधीन स्थानीय मदरसामा मृतअवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
हत्याबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटना अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको बुझिएकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं