नाबालक दाजुभाईको विभत्स हत्या, मदरसामा भेटियो शव


नाबालक दाजुभाईको विभत्स हत्या, मदरसामा भेटियो शव

नेपालगन्ज ४ जेठ : कोरोना भाइरस महामारिकाबीच बाराको सदरमुकाम कलैयामा दुईजना बालकको विभत्स हत्या गरिएको छ ।

कलैया उपमहानगरपालिका–७ रंगपुरमा निर्माणाधीन मदरसामा दुई बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन मदरसामा स्थानीय गफार मियाँका ९ वर्षीय छोरा उसमान अन्सारी र ७ वर्षीय छोरा अमिन अन्सारीको शव फेला परेको हो । उस्मान र अहमान सहोदर दाइ–भाइ हुन् ।

धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा उसमान र अमिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

सोमबार साँझ ८ बजेदेखि घरबाट खेल्न गएका उनीहरु घर फर्केका थिएनन् । हराइरहेका उस्मान र अहमान मंगलबार बिहान निर्माणाधीन स्थानीय मदरसामा मृतअवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

हत्याबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटना अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको बुझिएकोछ ।