४ घण्टाको अन्तरमा गएको भूकम्पले ‘भुलभुले’ हल्लियो


४ घण्टाको अन्तरमा गएको भूकम्पले ‘भुलभुले’ हल्लियो

नेपालगन्ज ५ जेठ : बुधबार बिहान लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर दुइटा भूकम्प गएका छन् ।

बुधबार विहानै ५ः४२ बजे ५.८ र ८ः२६ मा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकोछ । यी दुबै भूकम्प लमजुङको भुलभुलेलाई नै केन्द्र बनाएर गएको हो ।

चार घण्टाको अन्तरमा गएको भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो ।

बिहानको पहिलो धक्काले लमजुङ, तनहुँ र गोरखाका केही गाउँका कच्ची (ढुंगा, माटो र काठका जडानले बनाइएका) घरमा क्षति पुगेको छ । घरका गारो भत्केको र चर्केको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

अधिकांश कच्ची घर भूकम्पबाट क्षति पुगेको विवरण आएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रका अनुसार भूकम्पले घरका गारो भत्किँदा मानिसहरू घाइते छन् । घाइतेको उद्धार गरी स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अधिकांश मानिस भूकम्प आउँदाआउँदै भागेका कारण घाइते छन् । घाइतेहरूको हातखुट्टामा चोट छ ।

भूकम्पले लमजुङका मुख्यगरी मर्स्याङ्दी गाउँपालिका र वेशीसहर नगरपालिकामा असर पु¥याएको छ । मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ३ र ८ भुलभुले गाउँमा अधिकांश घरमा क्षति पुगेको छ ।