नेपालगन्ज ५ जेठ : बुधबार बिहान लमजुङको भुलभुलेलाई केन्द्रबिन्दु बनाएर दुइटा भूकम्प गएका छन् ।
बुधबार विहानै ५ः४२ बजे ५.८ र ८ः२६ मा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकोछ । यी दुबै भूकम्प लमजुङको भुलभुलेलाई नै केन्द्र बनाएर गएको हो ।
चार घण्टाको अन्तरमा गएको भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो ।
बिहानको पहिलो धक्काले लमजुङ, तनहुँ र गोरखाका केही गाउँका कच्ची (ढुंगा, माटो र काठका जडानले बनाइएका) घरमा क्षति पुगेको छ । घरका गारो भत्केको र चर्केको छ ।
अधिकांश कच्ची घर भूकम्पबाट क्षति पुगेको विवरण आएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश मिश्रका अनुसार भूकम्पले घरका गारो भत्किँदा मानिसहरू घाइते छन् । घाइतेको उद्धार गरी स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अधिकांश मानिस भूकम्प आउँदाआउँदै भागेका कारण घाइते छन् । घाइतेहरूको हातखुट्टामा चोट छ ।
भूकम्पले लमजुङका मुख्यगरी मर्स्याङ्दी गाउँपालिका र वेशीसहर नगरपालिकामा असर पु¥याएको छ । मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ३ र ८ भुलभुले गाउँमा अधिकांश घरमा क्षति पुगेको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु