नेपालगन्ज ५ जेठ : कोरोना भाइरस संक्रमणकाबीच बाँकेमा साताब्यापी बृहत रक्तदान आयोजना गरिएकोछ ।
अनलाईन पत्रकार संघ बाँकेको आयोजनामा आज बुधबारदेखि साताब्यापी बृहत रक्तदान आयोजना गरिएको हो ।
अनलाईन पत्रकार संघ बाँकेका अध्यक्ष कमल न्यौपानको अनुसार पहिलो दिन १५ जनाले रक्तदान गरेकाछन् । विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मी लगायतका ब्यक्तिले रक्तदान गरेका हुन् ।
‘संघले कोरोना संक्रमित बिरामीलाई लक्षित गरि साता ब्यापी रक्तदान कार्यक्रमको शुभारम्भ गरेकोछ ।’ अध्यक्ष न्यौपानले भने –‘बाँकेमा कोभिड –१९ संक्रमित बिरामीलाई रगत अभाव नहोस् र रगत अभावमा कुनैपनि विरामी समस्या नपरुन भन्दै यो अभियान चलाइएको हो ।’
अध्यक्ष न्यौपानेका अनुसार संकलित रगत कोरोना संक्रमित बिरामीहरुलाई दिईनुका साथै अन्य बिरामीलाई समेत दिइनेछ । उनले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी हुन सबैलाई अपील समेत गरेका छन् ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू