कोभिड विरामीका लागि रगत संकलन गरिदैं


कोभिड विरामीका लागि रगत संकलन गरिदैं

नेपालगन्ज ५ जेठ : कोरोना भाइरस संक्रमणकाबीच बाँकेमा साताब्यापी बृहत रक्तदान आयोजना गरिएकोछ ।

अनलाईन पत्रकार संघ बाँकेको आयोजनामा आज बुधबारदेखि साताब्यापी बृहत रक्तदान आयोजना गरिएको हो ।

अनलाईन पत्रकार संघ बाँकेका अध्यक्ष कमल न्यौपानको अनुसार पहिलो दिन १५ जनाले रक्तदान गरेकाछन् । विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मी लगायतका ब्यक्तिले रक्तदान गरेका हुन् ।

‘संघले कोरोना संक्रमित बिरामीलाई लक्षित गरि साता ब्यापी रक्तदान कार्यक्रमको शुभारम्भ गरेकोछ ।’ अध्यक्ष न्यौपानले भने –‘बाँकेमा कोभिड –१९ संक्रमित बिरामीलाई रगत अभाव नहोस् र रगत अभावमा कुनैपनि विरामी समस्या नपरुन भन्दै यो अभियान चलाइएको हो ।’

Kids Festival 2022
kanti aarogya hospital
add

अध्यक्ष न्यौपानेका अनुसार संकलित रगत कोरोना संक्रमित बिरामीहरुलाई दिईनुका साथै अन्य बिरामीलाई समेत दिइनेछ । उनले रक्तदान जस्तो पुण्य कार्यमा सहभागी हुन सबैलाई अपील समेत गरेका छन् ।