नेपालगन्ज १२ जेठ : नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सवार गाडी दुर्घटनामा परेको छ ।
दाङ तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको स्कार्पियोले प्रदेश ३–०१०२२ च ९२२६ नम्बरको कारलाई ठक्कर दिँदा अध्यक्ष पोख्रेलसँगै सवार रहेका नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सुदीप गौतम घाइते भएका छन् ।
नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्केको महासंघका महासचिव रोसन पुरीले जानकारी दिए ।
कारमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतम लगाएतको टोली सवार रहेको थियो ।
पत्रकारको टोली नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किँदै थियो । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं