नेपालगन्ज १४ जेठ : भेरी अस्पताल नेपालगन्जका चिकित्सक तथा नर्समाथि भएको सांघातिक हमला अक्षम्य भएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले बताएकाछन् ।
‘कोभिड–१९ महामारीमा अग्रपंक्तिमा रहेर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार अक्षम्य छ यस्तो कार्य गर्नेलाई कडा कारबाहीको माग गर्छु’ मेयर राणाले भने ।
बिहीबार राती भेरी अस्पतालमा उपचाररत दाङका एक बिरामीको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा प्रवेश गरेर चिकित्सक र नर्सलाई लखेटी लखेटी सांघातिक आक्रमण गरेका थिए ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उपमहानगर प्रमुख राणाले लेखेका छन्, ‘महामारीमा अग्रपंक्तिमा रही बिरामी बचाऊन ज्यानको बाजी लगाएर अहोरात्र खटिने भेरी हस्पिटलका स्वास्थ्यकर्मीमाथि गएराती गरिएको दुर्व्यवहार र विध्वंसात्मक हर्कत अक्षम्य र अपराधीक छन् । तत्काल कार्बाहीको गरियोस् ।’
सांघातिक आक्रमणपछि आज शुक्रबार विहानैदेखि भेरी अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीले अस्पताल प्राङ्गणमा आन्दोलन गरिरहेकाछन् ।
आन्दोलित चिकित्सक, नर्स तथा कर्मचारीसंग घटनाको विस्तृत जानकारी लिदैं दोषीलाई कारबाहीका लागि आवश्यक पहल गर्ने समेत बताएकाछन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं