नेपालगन्ज १४ जेठ : भेरी अस्पताल नेपालगन्जका चिकित्सक तथा नर्समाथि भएको सांघातिक हमला अक्षम्य भएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले बताएकाछन् ।
‘कोभिड–१९ महामारीमा अग्रपंक्तिमा रहेर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार अक्षम्य छ यस्तो कार्य गर्नेलाई कडा कारबाहीको माग गर्छु’ मेयर राणाले भने ।
बिहीबार राती भेरी अस्पतालमा उपचाररत दाङका एक बिरामीको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा प्रवेश गरेर चिकित्सक र नर्सलाई लखेटी लखेटी सांघातिक आक्रमण गरेका थिए ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उपमहानगर प्रमुख राणाले लेखेका छन्, ‘महामारीमा अग्रपंक्तिमा रही बिरामी बचाऊन ज्यानको बाजी लगाएर अहोरात्र खटिने भेरी हस्पिटलका स्वास्थ्यकर्मीमाथि गएराती गरिएको दुर्व्यवहार र विध्वंसात्मक हर्कत अक्षम्य र अपराधीक छन् । तत्काल कार्बाहीको गरियोस् ।’
सांघातिक आक्रमणपछि आज शुक्रबार विहानैदेखि भेरी अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीले अस्पताल प्राङ्गणमा आन्दोलन गरिरहेकाछन् ।
आन्दोलित चिकित्सक, नर्स तथा कर्मचारीसंग घटनाको विस्तृत जानकारी लिदैं दोषीलाई कारबाहीका लागि आवश्यक पहल गर्ने समेत बताएकाछन् ।