सर्लाही १६ जेठ : सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती यौन शोषणको शिकार भएकी छन् । विष्णु–७ दुलबाका शिवा राय यादवसँग भागी विवाह गरेकी युवती यौन हिंसाको सिकार भएकी हुन् ।
गत वैशाख ५ गते सर्लाहीबाट भागेर बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले युवतीलाई आफ्नो घरमा भित्र्याउन नमानेका हुन् । युवती दलित समुदायकी भएको कारण युवकले आफ्नो घर भित्र्याउन अस्वीकार गरेका स्थानीयको भनाई छ ।
युवक र युवतीले आपसी सल्लाहमा भागी विवाह गरी २० दिनसम्म सँगै बसेका थिए । २० दिनपछि गाउँ फर्किएका युवकले ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन् । आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ बन्धक बनाएर राखेको पीडित युवतीको भनाई छ ।
शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको पाइएको छ ।
शिवाले ‘तिमी मुसहर समुदायकी हौँ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन् । शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेका सर्लाहीका दलित अगुवा महेश पासवानले जानकारी दिए ।
‘जातीय छुवाछूत समाजिक अपराध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय विभेद हुनु भनेको दण्डनीय अपराध हो’, अर्का दलित अगुवा राजेश पासवानले भने। भागेर २० दिनसम्म सँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न किन नमिल्ने भन्दै पासवानले आक्रोश व्यक्त गरे। ‘दलितका छोरीको जवानी चल्ने तर पानी नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक छ,’ उनले भने ।
उनले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाही गर्नसमेत माग गरेका छन् । युवतीले पनि युवकविरुद्ध किटानी जाहेरी दिएकी छन् । पीडित युवतीबाट किटानी जाहेरी परेकाले प्रचलित कानूनअनुसार युवकलाई पक्राउ गरी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।
प्रदेश नम्बर २ का अधिकांश जिल्लामा जातीय, धार्मिक र वर्गीय आधारमा हुने विभेदका घटना निरन्तर घटिरहेका मानवअधिकारवादी मुकेश मिश्रले बताए । -रासस
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं