भोड्का रक्सी चोरेको आरोपमा तीन प्रहरी निलम्बित


भोड्का रक्सी चोरेको आरोपमा तीन प्रहरी निलम्बित

नेपालगन्ज १७ जेठ : सुन्दा पत्याउनै गाह्रो तर, सत्य । रक्सी चोरेको आरोपमा तीन प्रहरी कारबाहीमा परेकाछन् । त्यो पनि नेपालमै । चोर तथा अपराधिलाई कानूनको कटघेरामा ल्याइ दण्ड दिने प्रहरी नै यस्तो तुक्ष कार्यमा पाइएको नेपालमा पहिलो घटना भन्दा फरक नपर्ला ।

जिल्ला प्रहरी कार्यालय सिराहले रक्सी चोरेको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जनालाई निलम्बन गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय सिराहका अनुसार लहान नगरपालिका वडा नम्बर –२३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको हो ।

यसरी निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सिराह प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको प्रवक्ता शर्माले बताए ।

गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए । त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।

विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उक्त भिडियो अपलोड भई आलोचित हुनुपर्ने अवस्था देखिएकोले उनीहरुलाई निलम्बन गरी थप अनुसन्धान गरिरहेको शर्माले बताए ।