नेपालगन्ज १७ जेठ : सुन्दा पत्याउनै गाह्रो तर, सत्य । रक्सी चोरेको आरोपमा तीन प्रहरी कारबाहीमा परेकाछन् । त्यो पनि नेपालमै । चोर तथा अपराधिलाई कानूनको कटघेरामा ल्याइ दण्ड दिने प्रहरी नै यस्तो तुक्ष कार्यमा पाइएको नेपालमा पहिलो घटना भन्दा फरक नपर्ला ।
जिल्ला प्रहरी कार्यालय सिराहले रक्सी चोरेको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जनालाई निलम्बन गरेकोछ ।
जिल्ला प्रहरी कार्यालय सिराहका अनुसार लहान नगरपालिका वडा नम्बर –२३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको हो ।
यसरी निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर र जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेको जिल्ला प्रहरी कार्यालय सिराह प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए ।
ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको प्रवक्ता शर्माले बताए ।
गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए । त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।
विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उक्त भिडियो अपलोड भई आलोचित हुनुपर्ने अवस्था देखिएकोले उनीहरुलाई निलम्बन गरी थप अनुसन्धान गरिरहेको शर्माले बताए ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?