दरबार हत्याकाण्डको २० वर्ष पुरा


दरबार हत्याकाण्डको २० वर्ष पुरा

नेपालगन्ज १९ जेठ : आज नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष पूरा भएकोछ ।

२०५८ जेठ १९ गते राति राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो । उक्त हत्याकाण्ड भएको आज २० वर्ष पूरा भएको हो ।

नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी विभत्स हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड २० वर्षसम्म पनि रहस्यमयको गर्भमै छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।

उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, तत्कालीन प्रधानन्यायाधीश संयोजकत्वको छानबिन समितिले स्वतन्त्र अनुसन्धान गर्न नसकेको धेरैले बताउँदै आएका छन् ।

सत्ताको पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन ।