नेपालगन्ज १९ जेठः नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले अन्जनी माता रसोईलाई ५ हजार १ सय नगद सहयोग गरेको छ ।
भेरी अस्पतालमा विरामीहरूको लागि खानाको व्यवस्थापन गरिरहेको अन्जनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डलका व्यवस्थापक जितेन्द्र सिंहले सहयोग स्वरुप उक्त रकम ग्रहण गरे ।
नेपाल ट्रेड युनियन काँग्रेस बाँके शाखाका सचिव तोजिन्द्र बिकका अनुसार कोरोना महामारीकाबीच संक्रमित विरामी र उनका कुरुवालाई सस्तो दरमा गुणस्तरीय खाना खुवाइरहेको रसोइलाई सहयोग गरिएको हो ।
युनियनका केन्द्रीय सदस्य सीता काफ्ले, लुम्बिनी प्रदेशका अध्यक्ष मुकुन्द अधिकारी, नेपाल शिक्षक महासंघ बाँके शाखाका अध्यक्ष पवन यादव, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष विरेन्द्र यादव र नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगरको बिशेष उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको सचिव बिकले जानकारी दिए ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू