अन्जतीमाता रसोईलाई ट्रेड युनियन काँग्रेसद्वारा सहयोग


अन्जतीमाता रसोईलाई ट्रेड युनियन काँग्रेसद्वारा सहयोग

नेपालगन्ज १९ जेठः नेपाल ट्रेड युनियन काँग्रेस बाँकेले अन्जनी माता रसोईलाई ५ हजार १ सय नगद सहयोग गरेको छ ।

भेरी अस्पतालमा विरामीहरूको लागि खानाको व्यवस्थापन गरिरहेको अन्जनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डलका व्यवस्थापक जितेन्द्र सिंहले सहयोग स्वरुप उक्त रकम ग्रहण गरे ।

Kids Festival 2022
kanti aarogya hospital

नेपाल ट्रेड युनियन काँग्रेस बाँके शाखाका सचिव तोजिन्द्र बिकका अनुसार कोरोना महामारीकाबीच संक्रमित विरामी र उनका कुरुवालाई सस्तो दरमा गुणस्तरीय खाना खुवाइरहेको रसोइलाई सहयोग गरिएको हो ।

युनियनका केन्द्रीय सदस्य सीता काफ्ले,  लुम्बिनी प्रदेशका अध्यक्ष मुकुन्द अधिकारी, नेपाल शिक्षक महासंघ बाँके शाखाका अध्यक्ष पवन यादव, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष विरेन्द्र यादव र नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगरको बिशेष उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको सचिव बिकले जानकारी दिए ।