नेपालगन्ज आउँदै गरेको प्रहरीको भ्यानले ठक्कर दिँदा युवकको मृत्यु


नेपालगन्ज आउँदै गरेको प्रहरीको भ्यानले ठक्कर दिँदा युवकको मृत्यु

सांकेतिक तस्विर

नेपालगन्ज २८ जेठ : दाङमा प्रहरीको भ्यानको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नम्बर– २ लालमटियामा बिहीबार राति करिब १२ बजेतिर लु.अ.अ.च ५३३४ नम्बरको प्रहरीको भ्यानले ठक्कर दिँदा विपरित दिशातिर गइरहेको भे १ प ८४२२ नम्बरको मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार प्रहरीको उक्त गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दूर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले मृतकको पहिचान खुलिनसकेको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले मृतक पुरुष अन्दाजी २५ वर्षको रहेको अनुमान गरे । मोटरसाइकल प्रहरीको गाडीको ढोका पछाडि ठोक्किएर उछिट्टिएर टाउको विद्युत् पोलमा ठोक्किएको उनले जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।