चितवन २८ जेठ : कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् ।
वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा १५ जना महिलाले आत्महत्या गरेका छन् ।
घरेलु हिंसाका घटना १३ वटा, जबरजस्ती करणीका ३ वटा, जबरजस्ती करणी उद्योगका २ वटा, बालविवाह, ज्यान मार्ने उद्योग, बाल यौन शोषण तथा जबरजस्ती करणी र बहुविवाहका १/१ वटा मुद्दा दर्ता भएका छन् । निषेधाज्ञाको समयमा महिलामाथि हुने घटना नरोकिएको उनले बताए ।
निषेधाज्ञामा घर भित्र बस्दा महिला बढी पीडित हुने गरेको उनले जानकारी दिए । थापाले भने–‘घरभित्रै बस्दा आफन्तबाट पीडित हुने महिलाहरु बढिरहेका छन् ।’ कोभिड १९ का कारण स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि लगाएको निषेधाज्ञाको समयमा मात्र यी घटना भएका हुन् । -रासस
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं