शोकमा डुब्यो लक्ष्मीपुर, पोखरीमा डुबेर एकै गाउँका ५ बालिकाको मृत्यु


शोकमा डुब्यो लक्ष्मीपुर, पोखरीमा डुबेर एकै गाउँका ५ बालिकाको मृत्यु

नेपालगन्ज २८ जेठ : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ को लक्ष्मीपुर टोल शोकमा डुबेकोछ ।

मुसहरनिया गाउँपालिका– ६ स्थित खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर ५ बालिकाको मृत्यु भएपछि यतिबेला टोल नै शोकमा डुबेको हो ।

शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ लक्ष्मीपुरका ५ बालिकाको पोखरीमा डुबेर मृत्युवरण भयो ।

मृत्यु हुनेहरू १० देखि १३ वर्ष उमेर समूहका बालिका छन् । धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रका अनुसार मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेकी छन् ।

बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ ।

स्थानीय हुलास यादवको खेतमा खनिएको खाल्डोमा उनीहरू डुबेको बुझिएको छ । खाल्डो किन खनिएको थियो भन्ने विषयमा केही खुल्न सकेको छैन ।

शुक्रबार घर नजिकैको पोखरीमा नुहाउन गएका बेला उक्त गाउँपालिका–६ का बालिका पोखरीमा डुबेका धनुषाका प्रहरी प्रवक्ता मिश्रले बताए ।

बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । ‘अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका छौं’ घटनास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले भने।’

बालिकाहरु खेल्दाखेल्दै पोखरीमा पुगेको बताइएको छ । मृत्यु भएकाहरुको उमेर १० देखि १२ बर्ष रहेको छ र उनीहरुको नाम खुलेको छैन । वर्षाका कारण पोखरीमा पानी जमेको थियो । शुक्रबार अत्यधिक गर्मी भएका कारण बालबालिका पोखरीमा नुहाउन पसेका थिए ।

गाईवस्तु चराउन गएका बेला गर्मी भएपछि पोखरीमा पौडी खेल्न हाम्फालेका ती सबै बालिकाको शव निकालिएको छ ।

प्रहरीका अनुसार ती बालिका डुबेको उनीहरूसँगै रहेका अन्य दुई बालकले देखेका थिए । आफूसँगै गोठालो गएका डुबेको देखेपछि ती बालक आफन्तलाई खबर गर्न घर गएका थिए ।

आफन्तले बहेडाबेलाको प्रहरी चौकीमा खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।