पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध


पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

File Photo

वालिङ ३० जेठ : हिजोदेखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ ।

आज बिहान साढे ६ बजेतिर स्याङ्जाको फेदिखोला गाउँपालिका–२, भालुपहाडस्थित सिद्धार्थ राजमार्गमा माथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

पहिरोका कारण सिद्धार्थ राजमार्गको पोखरा–स्याङ्जा सडकखण्ड बन्द भएको हो । भालुपहाडमा सडक विस्तार गरिएको ठाउँमा अहिले पनि पहिरो झरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

सडक विभाग तथा सम्बन्धित निकायसँगको समन्वयमा बाटो खुलाउने कार्य थालिए पनि पानी परिरहेकाले सडक खुलाउन समय लाग्ने भएको छ । सडकमा अहिले सवारी–साधनहरुको जाम रहेको छ । -रासस