पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध


पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

File Photo

बैतडी १ असार : पहिरो खस्दा जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी–साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बीचबाटोमै रोकिएका छन् । बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौं, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी–साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

गए रातिदेखि अवरुद्ध रहेको उक्त राजमार्ग खुलाउने प्रयास भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । ‘राजमार्ग खुलाउने विषयमा स्थानीय तह, सडक कार्यालयसँग समन्वय भइरहेको छ,’ उनले भने ।

लगातारको वर्षाले सडक पुनः सञ्चालनमा भने समस्या भइरहेको जनाइएको छ । उक्त स्थानमा यसअघि पनि बेलाबेला खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले जनाएको छ । -रासस