File Photo
नेपालगन्ज २ असारः अविरल वर्षाका कारण आएको बाढीले लमजुङको दोर्दी गाउँपालिकाको १५ घर बगएकोछ ।
लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको हो ।
बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अबरुद्ध बनेकोछ ।
बाढीका कारण स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायत सबै बगाएको छ । यस्तै बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पु¥याएकाले आवतजावत नै बन्द भएको छ ।
यतिबेला बाढी पीडितलाई बजार माथिको स्कुल तथा आफन्तको घरमा स्थानान्तरण गरिएको छ भने सबै मान्छेहरु एउटै ठाउँमा कोचाकोच भएर बस्नुपर्ने बाध्यताले स्थितीति बिजोग बनेकोछ ।
राहत तथा उद्दारका लागि जिल्ला प्रशासनलाई खबर गरेपनि गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएकाले कठिनाइ भएकोछ ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं