नेपालगन्ज २ असार : कालीगण्डकी नदीमा बढेको बहावका कारण आसपासको क्षेत्रमा त्रास बढेको छ ।
स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थलमा रहेको सेतीबेनी बजार डुबानमा परेको छ ।
त्यस्तै रिडी, रानीमहललगायतका क्षेत्रमा पनि पानीको बहाव उच्च देखिएको छ । रानीमहल क्षेत्र वरिपरि डुबानमा परेको छ ।