File Photo
नेपालगन्ज २ असार : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ ।
बाढीमा हराइरहेका ७ जनाको पहिचान खुलेको सिन्धुपाल्चोकका सहायक प्रजिअ बाबुराम खनालले बताए ।
उनका अनुसार बेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।
‘७ जना मानिस बेपत्ता छन्, एकजनाको शव फेला परेको छ तर पहिचान भएको छैन्’ सहायक प्रजिअ खनालले भने– ‘सो क्षेत्रमा सञ्चार सम्पर्क पनि अबरुद्ध भएको छ ।’
हेलम्बु गाउँपालिकाको इन्द्रावती नदीको किनारमा फेला परेको शव पहिचान हुन सकेको छैन ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं