बाढीले बगाएको पूर्वपश्चिम राजमार्ग अझैं खुलेन


बाढीले बगाएको पूर्वपश्चिम राजमार्ग अझैं खुलेन

नेपालगन्ज ३ असार : पहिरोले तीन दिनदेखि अवरुद्ध महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग अझै खुल्न सकेका छैनन् ।

मंगलबार मध्यान्हदेखि महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन ।

राजमार्ग अबरुद्ध हुँदा पूर्व पश्चिम चल्ने सवारी साधनहरु रोकिएका छन् । भने, केहीले वैकल्पिक सडक प्रयोग गरेका छन् । अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै सुरु हुन सकेको छैन् ।

पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै बगाएको झण्डै ५० मिटर बगाएपछि यातायात सेवा अबरुद्ध भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

तीन दिनदेखि मालवाहक ट्रक, दाङ, बाँके बर्दियाका मजदुर घर लिएर हिँडेका सवारी साधन बीच बाटोमा रहेका छन् । डाइभर्सनको काम सकिनै लाग्दा पुनः पहिरो खसेको र वर्षा नरोकिएकाले राजमार्ग खुलाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्ली नारायण पाण्डेले बताए ।