नेपालगन्ज ३ असार : पहिरोले तीन दिनदेखि अवरुद्ध महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग अझै खुल्न सकेका छैनन् ।
मंगलबार मध्यान्हदेखि महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन ।
राजमार्ग अबरुद्ध हुँदा पूर्व पश्चिम चल्ने सवारी साधनहरु रोकिएका छन् । भने, केहीले वैकल्पिक सडक प्रयोग गरेका छन् । अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै सुरु हुन सकेको छैन् ।
पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै बगाएको झण्डै ५० मिटर बगाएपछि यातायात सेवा अबरुद्ध भएको छ ।
तीन दिनदेखि मालवाहक ट्रक, दाङ, बाँके बर्दियाका मजदुर घर लिएर हिँडेका सवारी साधन बीच बाटोमा रहेका छन् । डाइभर्सनको काम सकिनै लाग्दा पुनः पहिरो खसेको र वर्षा नरोकिएकाले राजमार्ग खुलाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्ली नारायण पाण्डेले बताए ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने