नेपालगन्ज ६ असार : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ ।
हेलम्बु गाउँपालिकाको वडा नम्बर– १ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएको गाउँपालिकाले जनाएको छ ।
बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेको गाउँपालिकाले बताएको छ । ती मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय, तीन चिनियाँ नागरिक समेत छन् ।
गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण पनि सार्वजनिक गरेको छ । यो समाचार तयार पार्दासम्म बाढीमा परी बेपत्ता हुनेहरु अझैं भेटिएका छैनन् । उनीहरुको खोजी कार्य जारीछ । बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ ।
गाउँपालिकाले शनिबार नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम रहेको जनाउँदै उच्च सावधानी तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने