File Photo
नेपालगन्ज ८ असार : यस वर्षको मनसुनको पहिलो चरणमै देशभर आएको बाढीपहिरोका कारण २० जनाको मृत्यु भएकोछ । भने ३२५८ जना विस्थापित भएकाछन् ।
अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गएको जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मनसुनजन्य घटनामा परी यो अवधिमा १३ पुरुष, चार महिला, दुई बालक र एक बालिकाको मृत्यु भएको हो । तीमध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा तीन, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालीकोट, बझाङ, पाँचथर र बाजुरामा एक÷एकजनाले ज्यान गुमाएका हुन् ।
बाढी–पहिरो र डुबानमा परी २० जना घाइते भएका छन् । तीमध्ये १३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा पाँच, म्याग्दी र डोटीमा तीन÷तीन, जुम्ला र कास्कीमा दुई/दुई, स्याङ्जा, चितवन, सल्यान, पाँचथर र दार्चुलामा एक/एकजना रहेका छन् ।
यस्तै बाढी–पहिरोमा परी २१ जना बेपत्ता छन् । तीमध्ये १४ पुरुष, पाँच महिला र दुई बालक छन् । सिन्धुपाल्चोकमा २० र बाजुरामा एकजना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बाढी–पहिरोमा परेका ८०६ जनाको उद्धार गरिएको छ । तीमध्ये मनाङमा ६५६, सिन्धुपाल्चोकमा १२३, सल्यान र लमजुङमा आठ÷आठ, दाङ र गोरखामा चार÷चार र कञ्चनपुरमा तीनजना रहेका छन् । उद्धारपछि उपचारका लागि विभिन्न अस्पतालमा लगिएको जनाइएको छ ।
यो अवधिमा बाढीका कारण देशभर २१० वटा घर डुबानमा परेका छन् । २०६ वटा घर, १२ गोठ, १८ पुल, तीनवटा विद्यालय र आठ सरकारी कार्यालयमा क्षति पुगेको छ । ७४८ वटा घरका तीन हजार २५८ जना मानिस विस्थापित भएका छन् । ६३० वटा पशुचौपाया मरेको प्रहरीले जनाएको छ ।
मौसम विभागका अनुसार यस वर्ष औषत भन्दा धेरै पानि पर्नेछ । वर्षासंगै आउने बाढी, पहिरो डुवान र कटानका कारण देशभर जनधनको क्षती हुने भन्दै सावधानी र सर्तकता अपनाउन आग्रह गरिएकोछ ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने