नेपालगन्ज ९ असार : नेपाल औषधि व्यवसायी संघ बाँकेले आफ्नो ४८ औं स्थापना दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेकोछ ।
उक्त कार्यक्रममा ४८ जनाले रक्तदान गरेको शाखा महासचिव जीवन शर्माले जानकारी दिए ।
संघका केन्द्रिय सदस्य कृष्ण रोकायको प्रमुख आतिथ्य तथा प्रदेश वरिष्ठ उपाध्यक्ष अभय बस्नेतको आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा शाखा अध्यक्ष वसन्त शर्माले सम्पुर्ण रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै रक्तदान अभियानमा संलग्न भएको भन्दै धन्यवाद दिएका थिए ।
यसैबीच संघको स्थापना दिवकास अवसरमा बिहीबार नेपालगन्जमा विचार गोष्ठीको आयोजना गरि स्थापना दिवस मनाइने छ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू