खोलाले बगाउँदा बालिका र एक महिला बेपत्ता


खोलाले बगाउँदा बालिका र एक महिला बेपत्ता

नेपालगन्ज १२ असार : डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिकामा आज स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु रहेकी छन् ।

दिउँसो गाई चराउन गोठालो गएको बेला गण्डिगाड खोलाले बगाउँदा निज बालिका बेपत्ता भएकी हुन् ।

बेपत्ता बालिकाको खोजीका लागि प्रहरी चौँकी सानागाउँबाट प्रहरी नायव निरीक्षक नारायणदत्त बडुको कमाण्डमा चार जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

खोलामा बाढी आएको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

यसैबीच यता दाङमा पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

आज दिउँसो करिब साढे २ बजेतिर पत्रेखोला तर्ने क्रममा घोराही उपमहानगरपालिका–११ मा बस्दै आएकी ती महिला बेपत्ता भएकी हुन् । उनको थप परिचय खुल्न नसकेको बताइएको छ ।

उनको खोजीकार्य जारी छ । आज पत्रेखोलामा पानीको बहाव यस वर्षकै धेरै रहेको जनाइएको छ ।