मर्स्याङ्दी पुलमा जेसीबी फस्यो


मर्स्याङ्दी पुलमा जेसीबी फस्यो

मनाङ १३ असार : मनाङ सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसीबी फसेको छ ।

नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुंगा पुलबाट निकाल्ने क्रममा जेसीबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसम अनुकूल भए जेसीबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले बताए ।

जेसीबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालिकाका अपरेटर सर्लाहीको बरहथवा नगरपालिका–७ स्थायी घर भएका २७ वर्षीय मुकेशकुमार कुशवारको सकुशल उद्धार गरिएको उनले बताए ।

जिल्लामा रहेको क्याराभान कम्पनीको एउटा मात्रै डोजर पनि मर्स्र्याङदी नदीको बीचमा फसेको हो । नदीको सतह घटेपछि पुलमा अड्किएको काठ, ढुंगा र बालुवा निकाल्न थालिएको हो । पुलमा बालुवा रहेकाले केही भाग भासिएकाले डोजर अड्किएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पुलमा बाढीले बगाएर ल्याएको काठ, ढुंगा र बालुवा अड्किएर पानी जाने बाटो अवरोध हुँदा नदीले बस्तीतर्फ धार परिवर्तन गरेको छ । नदीलाई पहिलेको धारमा फर्काउन पुलमा अड्किएको काठ, ढुंगा र बालुवा निकाल्न अत्यावश्यक देखिएको छ । -रासस