नेपालगन्ज १३ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले बैङ्किङ कसुर मुद्दामा फरार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकाँदोका महेन्द्र लोहारलाई पक्राउ गरेकोछ ।
कैलालीको टिकापुर घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८, कारकाँदो बस्ने ३५ वर्षीय महेन्द्रलाई पक्राउ गरेको हो ।
पक्राउ परेका महेन्द्रलाई जिल्ला अदालत बाँकेले २०७६ पुष २३ गते ८ दिनको कैद र ११ लाख २५ हजार जरिवाना तोकेको थियो । अदालतबाट भएको फैसला लगत्तै महेन्द्र फरार रहेका थिए ।