बर्दिया १८ असार : जबरजस्ती करणी मुद्दामा फरार बर्दियाका आकाश थारु १७ महिनापछि पक्राउ परेका छन् ।
पुनराबेदन अदालत तुलसीपुर, नेपालगन्ज इजलासले जवरजस्ती करणी मुद्दामा ४ वर्ष ७ महिना ७ दिनका लागि कैद तोकेका बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर– ३ थारुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।
अदालतबाट कैद फैसला भएका थारु फरार रही लुकिछिपि बस्दै आएका थिए । प्रहरीको खोजतलासमा रहेका थारु बढैयाताल क्षेत्र आसपास लुकिछिपि बस्दै आएको भन्ने सूचनामा उनकै घर नजिकबाट पक्राउ गरिएको प्रहरीले बताएकोछ ।