नेपालगन्ज १९ असार : जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा अबैध सामान बरामद गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ स्थित एमपी स्कुल नजिक अरबिन्द पंछाईको घरमा लुकाईछिपाई राखेको आठ लाख बराबरको अबैध सामान बाँके प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाह बस्ने ३२ वर्षिय मोनु कवडियाले पंछाईको घरमा उक्त सामान लुकाईछिपाई राखेका हुन् ।
पंछाईको घरमा भाडामा लिई बस्दै आएका कबडियाको कोठा खानतलासी गर्दा भारतबाट भन्सार छलि अबैधरुपमा ल्याइ भण्डारण गरि राखेको विभिन्न मोटरसाईकल तथा गाडीको पाटपुर्जा, कपडा र छाता लगायतका सामाग्री प्रहरीले बरामद गरेको हो ।
बाँके प्रहरीका अनुसार अबैधरुपमा लुकाईछिपाई राखेको उक्त सामानको अन्दाजी मूल्य ८ लाख रहेकोछ । प्रहरीले बरामद गरेको सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाउने तयारी गरेकोछ ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने