ठूलो मात्रामा ब्राउनसुगरसहित कमल पक्राउ


ठूलो मात्रामा ब्राउनसुगरसहित कमल पक्राउ

नेपालगन्ज २० असार : बर्दिया प्रहरीले ठूलो मात्रामा लागुऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेकोछ ।

लागुऔषध नियन्त्रण ब्यूरो, नेपालगन्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बर्दिया मधुवन नगरपालिका वडा नम्बर–९ को १२ नम्बर चोक स्थित सिर्जनशील टोलबाट ३६ वर्षिय कमल शर्मालाई १० ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचना पाएपछि ब्यूरो र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट संयुक्त रुपमा खटिएको प्रहरी प्रहरीको टोली त्यहाँ पुगेको थियो । सिर्जनशील टोलस्थित हुलाकी सडक खण्डमा शर्मालाई जाँच गर्दा ब्राउनसुगर बरामद भएको बर्दिया प्रहरीले बताएको छ ।

प्रहरीले शर्माविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । बाँके र बर्दिया सीमावर्ती जिल्ला भएकाले भारतबाट लागुऔषधको कारोबार हुने गरेको पाइन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार चालु आर्थिक वर्षको हालसम्म लागुऔषधका २६ वटा मुद्दा दर्ता गरिएको छ । हालसम्म ४ केजि १५३ ग्राम गाँजा, ५ केजि ६९६ ग्राम चरेस, २६ केजि ५०० ग्राम अफिम, ५६ ग्राम ९१० मिलि ग्राम ब्राउन सुगर, ७४८ गोटा ट्याब्लेट सहित ३८ जनालाई पक्राउ गरी कारबाही गरीएको छ ।