नेपालगन्ज २० असार : बर्दिया प्रहरीले ठूलो मात्रामा लागुऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेकोछ ।
लागुऔषध नियन्त्रण ब्यूरो, नेपालगन्ज र बर्दिया प्रहरीको संयुक्त टोलीले बर्दिया मधुवन नगरपालिका वडा नम्बर–९ को १२ नम्बर चोक स्थित सिर्जनशील टोलबाट ३६ वर्षिय कमल शर्मालाई १० ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचना पाएपछि ब्यूरो र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट संयुक्त रुपमा खटिएको प्रहरी प्रहरीको टोली त्यहाँ पुगेको थियो । सिर्जनशील टोलस्थित हुलाकी सडक खण्डमा शर्मालाई जाँच गर्दा ब्राउनसुगर बरामद भएको बर्दिया प्रहरीले बताएको छ ।
प्रहरीले शर्माविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ । बाँके र बर्दिया सीमावर्ती जिल्ला भएकाले भारतबाट लागुऔषधको कारोबार हुने गरेको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार चालु आर्थिक वर्षको हालसम्म लागुऔषधका २६ वटा मुद्दा दर्ता गरिएको छ । हालसम्म ४ केजि १५३ ग्राम गाँजा, ५ केजि ६९६ ग्राम चरेस, २६ केजि ५०० ग्राम अफिम, ५६ ग्राम ९१० मिलि ग्राम ब्राउन सुगर, ७४८ गोटा ट्याब्लेट सहित ३८ जनालाई पक्राउ गरी कारबाही गरीएको छ ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने