नेपालगन्ज २० असार : आफ्नै छोरी ‘सोनियाँ’लाई पटक–पटक जबरजस्ती करणी गर्ने खोज्ने बुवा ‘राहुल’लाई प्रहरीले पक्राउ गरेकोछ ।
नाबालिक छोरी ‘सोनियाँ’लाई उनको बुवा ‘राहुल’ले आफ्नै घरको कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा पटकपटक जबरजस्ती करणी गर्न खोजेका थिए ।
पछिल्लो पटक बुवा ‘राहुल’ले असार १८ गते राती करिब साढे १२ बजे छोरी ‘सोनीया“’को कोठमा पुगि उनलाई जबरजस्ती करणीको प्रयास गरेका थिए ।
आफ्नै बुवाले आफूमाथी पटकपटक यौन दुव्र्यवहार गर्नुका साथै करणीको प्रयास गरेको भन्दै छोरी ‘सोनियाँ’ले प्रहरीलाई जानकारी गराएपछि बुवा ‘राहुल’लाई प्रहरीले पक्राउ गरेकोछ ।
प्रहरीका अनुसार छोरी ‘सोनीयाँ’ले ईज्जत तथा डरका कारण आफूमाथि यौनदुव्र्यवहार गर्नुका साथै करणी गर्ने प्रयास गरेका बुवाको कर्तुत बाहिर ल्याउन नसकेको बताएकी छन् ।
पक्राउ परेका बुवा राहुललाइ पक्राउ गरी जबरजस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको बर्दिया प्रहरीले बताएकोछ ।
नोट : यहाँ राखिएको छोरी ‘सोनीयाँ’ र बुवा ‘राहुल’को नाम परिर्वतित नाम हो ।
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने